किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु समाचारमा सामाजिक संजाल सम्पर्क

हाम्रो पुरुषार्थ अंक १०० -द्वितीय भाग


हाम्रो पुरुषार्थ अंक १०० -द्वितीय भाग
  स्वोर्णबर्ष शताङ्क( द्वितीय भाग)

पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस         

पुस्तकालय चलाउन गाह्रो छ । पत्रिका निकाल्न गाह्रो छ, स्तरीय बनाउन गाह्रो छ, निरन्तरता दिन झन् गाह्रो छ । स्तरीय कति भयो हामी भन्दैनौं, पाठकहरुबाट आउला । हामी निरन्तर रुपमा शताड्ढसम्म सरासर आयौं । यसैमा हामी हर्ष व्यक्त गर्दछौं । पचास वर्षसम्म पत्रिका निकाल्ने पुरुषार्थ किरण पुस्तकालयले गर्यो । यो ‘हाम्रो पुरmषार्थ’ पुस्तकालयकै पुरुषार्थ हो ।

पत्रिका निकाल्न अर्थको व्यवस्था हुनुपर्छ । अर्थले मात्र हुँदैन । स्तरीय रचनाहरु पाउनु दुर्लभ हुन्छ । रचनाहरुको सम्पादन, प्रकाशन पनि हाम्रो दुर्गम भेकमा कठिन छ । मुद्रण पनि कठिन छ । वितरण झन् कठिन छ । कठिनताहरुका पहाडहरु छन्, चढ्न नसके गुल्टिनुपर्छ । लक्ष्मी र सरस्वती दुबैलाई खुशी गराउनु कडा चुनौती छ । चुनौतीबीच यहाँसम्म आयांै यसैमा सन्तुष्ट छौं ।

शताड्ढ प्रकाशित भयो दुई भागमा पुग–नपुग आठ सय पृष्ठमा । यसमा हामीलाई माया गरेर, भर गरेर आफ्ना अमूल्य रचनाहरु प्रदान गर्ने लेखक महानुभावहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं । प्रमादवश हामीबाट हुन गएका कमजोरीप्रति क्षमाप्रार्थी छौं । यसमा जे जति विशेषता छन्–ती हाम्रा सहयोगीहरुका वरदान हुन्, जे जति कमजोरीहरु छन् ती हाम्रा मात्र हुन् ।

पत्रिका प्रकाशनको एउटा उचाइमा आएका छौं – समयक्रममा र सब्ख्यामा पनि । जेजस्तो भए पनि एउटा इतिहास बनेको छ । ठाउँले गर्व गर्न सक्नुपर्छ । जिल्लाले गर्व गर्न सक्नुपर्छ । नगरले गर्व गर्न सक्नुपर्छ ।

हामी हात थापिरहन्छौं – पुस्तकालय र पत्रिकाका लागि पनि । यहाँहरुको सद्भावले, सहयोगले यी बाँच्नेछन्, बढ्नेछन् – पछिसम्म । शताड्ढका द्वितीय भागबाट – हाम्रा सकल हितैषी, सहयोगी महामना महानुभावहरुमा अभार व्यक्त गर्दछौं ।

    पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस

Kiran Pustakalaya